असार ६,काठमाडौं । आइसिसि टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । समूह चरणबाट निकै सकसले अगाडि इंग्ल्यान्डले सुपर एटमा भने सहज जित हासिल गर्यो ।
वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।
उसका लागि ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको नटआउट पालि खेले । । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।
वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक–एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले समान ३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा नटआउट रहे । इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।
जारी विश्वकपमा वेस्ट इन्डिजको पहिलो हार हो । समूह चरणमा सबै चार खेल जितेर वेस्टइण्डिज सुपर एट पुगेको थियो । इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर–८ को समूह २ मा अमेरिका र साउथ अफ्रिकासँगै छन् । दक्षिण अफ्रिकाले पनि पहिलो खेल जितेको छ ।