गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत ( पुर्ण पाठ )

arthik side 1

असार ०५,गैडाकोट । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बुधबार नगरपालिकाको सभाहलमा नगरप्रमुख मदनभक्त अधिकारीले आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

Article Inline 2

“हामी सबैको साझा अठोट, शान्त समुन्नत सुन्दर गैँडाकोट” भन्ने नारा सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, संस्थागत विकास, सहकारी, पर्यटन, उद्योग–व्यापार, वातावरण संरक्षण, पर्यावरणीय प्रवद्र्धन, जनजीविका लगायतको बिषयलाई प्राथमिता दिएको छ ।

“पालिकाले शिक्षा तर्फ यसबर्ष “जग राम्रो भए घर बलियो हुन्छ” भन्ने मान्यता सहित पूर्व प्राथमिक तह र प्राथमिक तहमा अध्ययनरत बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन पूर्व प्राथमिक तह र प्राथमिक तह सुधार अभियान सञ्चालन गर्ने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले शहरी सौन्दर्यका लागि एकघर एक विरुवा तथा एक वडा एक हरियाली पार्क कार्यक्रम संचालन गर्ने बताउनुभयो । यस्तै सडक किनारामा वृक्षरोपण कार्यक्रमलाई प्रोत्साहान गर्दै हरित सडक कार्यक्रमको निति लाई निरन्तरता दिनुभएको छ । उज्यालो सडक, एक घर एक विरुवा, एक वडा एक हरियाली पार्क लगायतका कार्यक्रम पुरानै कार्यक्रमका निरन्तरता हुन् ।

सुरक्षित खानेपानी पहुँच पु¥याउन सम्भावना नरहेका क्षेत्रमा सौर्य उर्जाको प्रयोग गरी लिफ्टीङ खानेपानी संचालन गर्ने, प्रत्यक वडामा प्राकृतिक स्वास्थ्य अभ्यास केन्द्र, खेलमैदान, उद्यान पार्क निमार्ण गर्न पहल गरिने नीति नगरपालिकाले बनाएको छ ।

त्यस्तै पर्यटन तर्फ गैँडाकोट नगरपालिकाको वडा नम्बर १, ३, १४, १७ र १८ मा सामुदायिक होमस्टे सञ्चालन गर्न आवश्यक प्रोत्साहन गर्ने नीति नगरपालिकाले लिएको छ ।

कृषि तर्फ हाम्रो भान्साघर हाम्रै अन्न हाम्रै दाल भन्ने नारालाई सार्थक तुल्याउन कृषि उत्पादनमा बृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यसैगरी यसबर्ष दुई बाली धान लगाउँँ खाद्य सुरक्षा रोजगारका आधार बनाउ भन्ने नारालाई आत्मसात गर्दै चैते धानको क्षेत्र विस्तार गर्ने भएको छ ।

सधैँ जस्तै यसबर्ष पनि नगरपालिकाले छाडा पशु चौपायाहरुको व्यवस्थापन लागि नजिकका पालिकाहरु र संस्थाहरुसँग समन्वय गरी कान्जी हाउस तथा अन्य आवश्यक व्यवस्थापनका लागि पहल गर्ने जनाएको छ ।

क र ख वर्गका अपाङ्गबाट सञ्चालित २० लाख भन्दा कम पूँजी भएका साना तथा घरेलु व्यवसायको व्यवसाय दर्ता तथा नविकरणमा लाग्ने करमा ८०/७० प्रतिशत छुट दिइने नीति ल्याइएको छ ।

यस बर्ष दमकल खरिद गर्ने, दिशा जन्य लेदो व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गरी संरचना निर्माण गर्न आवश्यक पहल गर्ने, गैँडाकोट नगरपालिका वडा नम्बर १० देखी १७ नम्बर वडासम्मको मध्यवर्ती क्षेत्रलाई हटाउन आवश्यक पहल गर्ने जनाइएको छ ।

गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको पुर्ण पाठ[embedpress_pdf]https://fastkhabaronline.com/wp-content/uploads/2024/06/गैँडाकोट-नगरपालिकाको-आर्थिक-वर्ष-२०८१-८२-को-नीति-तथा-कार्यक्रमको-पुर्ण-पाठ.pdf[/embedpress_pdf]

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :