spot_img

Tuesday, November 5, 2024

आईसीसी टी–२० विश्वकप : सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

असार ३, काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । सुपर ८ को ग्रुप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश तथा  ग्रुप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुन र  फाइनल २९ जुनमा हुनेछ । फाइनल बार्बडोसमा हुनेछ । सेमिफाइनल र फाइनल खेलमा रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् । समूह चरणमा पानी पर्दा त्यसको असर केही टिमलाई परेको थियो ।

  • -advertisement-
  • -advertisement-

समूह ए बाट भारत ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

समूह बी बाट अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो ।

समूह सी मा अफगानिस्तान र वेष्टइण्डिजको ६–६ अंक छ । यी दुई टोलीबीच अन्तिम खेल मंगलबार हुनेछ ।

समूह डी मा दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर–८ मा पुगेको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार