spot_img

Wednesday, October 9, 2024

आइसीसी टी–२० विश्वकप : बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो

जेठ ३२, काठमाण्डौं। आइसीसी टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराएको छ ।

नेदरल्याण्ड्सको हारपछि श्रीलंका एक खेल अघि नै समूह चरणबाट बाहिरिएको छ । समूह डी मा बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ ।  ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान  बनाइसकेको छ । यही समूहमा रहेको  नेपालको २ खेलबाट एक अङ्क छ । ३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र छ ।

  • -advertisement-
  • -advertisement-

बंगलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए ।

बंगलादेशका लागि होसेनले ३ तथा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमानले र तान्जीम शकीबले १–१ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर  पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोडेको थियो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक नटआउट ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे । जाकेर अलीले १४ रन बनाए ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २–२ तथा टिम प्रिंगलले १ विकेट लिए ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार