रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई पाली कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको आग्रह

Article Inline top 1

जेठ ३१, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आफूले उद्योग मन्त्रालयको नेतृत्व लिएको बेला रुग्ण उद्योग सञ्चालनका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयको निजीकरण समितिमा पु¥याएको उल्लेख गर्नुहुँदै उहाँले त्यसैलाई आधार बनाएर सरकारले विराटनगर जुटमिल, जनकुपुर चुरोट कारखाना लगायतका रुग्न उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास गर्नुपर्ने आवश्यकता औल्याउनु भएको हो ।

Article Inline 2

बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिनुहुँदै सांसद बडूले रुग्ण उद्योगहरुको तथ्याङ्क सङ्कलनका लागि छुट्टै पुस्तिका तयार पारी सार्वजनिक गर्ने काम आवश्यक नभएकाले सरकारले त्यस्तो काममा बजेट खर्च गर्न नहुने जिकिर गर्नुभयो ।

सांसद बडूले रुग्ण उद्योग सञ्चालनका लागि छुट्टै कार्यक्रम नल्याएको पनि सरकारप्रति आक्रोश पनि व्यक्त गर्नुभयो । सांसद बडूले रुग्न उद्योग सञ्चालनका लागि आफूले सो मन्त्रालयो नेतृत्व लिएको बेला तयार पारेको सञ्चालन प्रस्तावलाई सरकारले पूँजीको रुपमा लिएर अघि बढाउन सक्ने बताउनुभयो ।

सांसद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमा राम्रा नारा दिएपनि त्यसलाई अघि बढाउने खालको बजेटको व्यवस्था हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :