spot_img

Wednesday, October 9, 2024

आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठ मा भारत प्रबेश

जेठ ३१, काठमाडौँ ।आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठ मा भारत पुगेको छ ।

बुधबार राति भएको समूह ए अन्तरगतको खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत अर्को चरण प्रवेश गरेको हो । प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

  • -advertisement-
  • -advertisement-

अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा सूर्यकुमार यादव र अर्शदीप सिंहले उत्कृष्ट प्रदर्शन गरे । खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । विराट कोहली गोल्डन डक भए भने कप्तान रोहित शर्मा ३ रन बनाएर पेभिलियन फर्किए ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । टोलीका लागि नितिश कुमारले सर्वाधिक २७ रन जोडे । उनले २३ बलमा २ चौका र १ छक्का हिर्काए ।  त्यस्तै, स्टिभन टेलरले ३० बलमा २४ रन बनाए । उनले २ छक्का प्रहार गरे । कोरे एन्डरसनले १२ बलमा १५ रन तथा एरोन जोन्स र साड्ले भान स्काल्कवाकले ११–११ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पाण्ड्याले २  अक्षर पटेलले १ विकेट हात पारे ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार