spot_img

Thursday, October 3, 2024

टी–२० विश्वकप क्रिकेट : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

जेठ ३०, काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

खेल रद्द भए सँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । वर्षाले मैदानमा पानी जमेका कारण खेल हुन सकेन् ।योसँगै नेपालले पहिलो अंक बटुलेको छ भने लगातार २ हार बेहोरर तेस्रो खेलमा एक अंक बाँड्न बाध्य भएको श्रीलंका समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ ।

नेपालको २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंकाको अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना हुनेछ ।

समूह डी बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा समान २ अंक छ ।

नेपालले अब वेस्टइण्डिजमा शुक्रबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशको सामना गर्नेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार