spot_img

Friday, April 25, 2025

नवलपुरका बिमा दर्ता सहयोगीले बुझाए स्वास्थ्य बिमा प्रमुखलाई ज्ञापन पत्र

जेठ २७ ,नवलपुर । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको कार्यक्रम यतिबेला देशै भर स्वास्थ्य बीमा बोर्ड मार्फत संचालन हुँदै आएको छ । कार्यक्रम लाई सन्चालन गर्न मुख्य भुमिकामा रहेका बिमा दर्ता सहयोगी यतिबेला देशभरनै आफ्ना विभिन्न माग राख्दै आन्दोलित भएका छन ।

दर्ता सहयोगीले पाऊदै गरेको १०% प्रोत्साहन रकमबाट बढाईं २०% बनाउने, प्रोत्साहन रकममा १५% कर लगाई दर्ता सहयोगिको मनोबल गिराई निरुत्साहित बनाउने काम भएकोले १५% करलाई हटाई १% बनाउने, दर्ता सहयोगिलाई पोशाकको ब्यबस्था गरिनु पर्ने, शैक्षिक योग्यता पुगेका र लामो समय सम्म कार्य अनुभब भएका दर्ता सहयोगी बिच प्रकिया अनुसार दर्ता अधिकारीमा नियुक्ति गराउने, दर्ता सहयोगीले पाउने प्रोत्साहन रकम समयमै पाउनु पर्ने लगाएत माग राख्दै नवलपुरका दर्ता सहयोगीले स्वास्थ्य बीमा दर्तासहयोगी संघर्ष समिति मार्फत ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रका मागहरु सम्बोधन नभएमा वा बेवास्ता गरिएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्षका कार्यक्रम घोषणा गर्ने समिती संयोजक होमनाथ पौडेलले बताए । जिल्लाभर रहेका ९२ वडाका दर्ता सहयोगीको प्रतिनिधि मुलक सहभागितामा ज्ञापनपत्र नवपुरका स्वास्थ्य बिमा प्रमुख धुर्व बोगटी मार्फत बोर्डका कार्यकारी निर्देशक र बोर्ड अध्यक्ष लाई पठाएका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार