spot_img

Tuesday, December 3, 2024

महामन्त्री विश्वप्रकाश शर्मा : गृहमन्त्री ज्यू तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?

जेठ,२४ काठमाडौं । नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् ।

“गृहमन्त्रीलाई खोज्न चाहन्छु,” शर्माले भने, “तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ? ।”शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप शर्माको थियो । शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे ।

  • -advertisement-
  • -advertisement-

त्यस्तै प्रतिनिधिभा बैठकमा शर्माले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाएका छन् ।  उनले आरोप लागेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रनु हुँदैन भने पनि अहिले  अदालतले सफाइ दिइसकेको बताए ।

“सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,” उनले भने, “उनको भिसाका लागि सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो, यसमा कमजोरी कहाँ किन भयो ? खेलकुद, परराष्ट् र समग्र सरकारको यसबारे ध्यानाकर्षण गराउँछौँ ।”

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार