single head

नेपालले नेदरल्यान्ड्सलाई दियो १०७ रनको लक्ष्य

single post top 1

 जेठ २२,काठमाडौं। आईसिसी टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको हो।

single p1

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो। ३७ बलको सामना गर्दै पौडेलले ५ चौका प्रहार गर्नुभयो। नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो। अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट हुनुभयो। कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन मात्र जोड्नुभयो।

single p2

करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिनुभयो। नेपालका लागि करणले दुई र गुल्सनले एक छक्का प्रहार गर्नुभयो।

नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिनुभयो भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पार्नुभयो। अहिले नेदरल्यान्ड्सले जवाफी ब्याटिङ गर्दैछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3