single head

7A side पुरुष फुटबल प्रतियोगिता गैंडाकोटमा सुरु / उद्घाटन खेलमा योङ्ग ब्वाईज क्लब बिजयी

single post top 1

जेठ २२, गैंडाकोट (नबिन सुबेदी)। लागू औषध दुर्वेशनी न्यूनीकरण अभियान नाराका साथ 7A side पुरुष फुटबल प्रतियोगिता गैंडाकोटमा सुरु भएको छ।

single p1

शिवनगर युवा क्लबको आयोजनामा मङ्गलबार देखि भाग्योदय खेलमैदान गैंडाकोट ६ मा संचालित प्रतियोगिताको प्रमुख अतिथि गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। ।

single p2

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष कार्कीले खेलकुदले अनुशासन सिकाउँछ र स्वास्थ्य हुन पनि सिकाउँछ, त्यसैले हामीले सधैँ खेलकुदमा ध्यान दिनुपर्ने बताउनु भयो। मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद सिङ्गो राष्ट्रको पहिचान भएको उहाँले बताउनु भयो । राष्ट्रलाई अन्तरास्ट्रियस्तरमा स्थापित गराउने एक दरिलो माध्यम खेलकुद मात्र भएकाले दक्ष खेलाडी उत्पादनमा यस्ता किसिमको प्रतियोगिताले अहम भूमिका खेल्ने उहाँको भनाई थियो ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा आयोजक शिवनगर युवा क्लबलाई ८ – ० गोल अन्तरले पराजित गर्दै योङ्ग ब्वाईज क्लब बिजयी भएको छ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका वडा नम्बर ६ का वडाअध्यक्ष सुभास चापागाई, वडा सदस्य चन्द्र बहादुर बिश्वकर्मा , सहयोगि दाता, समाजसेबी ब्यक्तीत्व लगायत खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतियोगिताका विजेता, र उपविजेता टिमलाई क्रमशः रु साठि हजार र तिस हजार नगद पुरस्कार सहित ट्रफी, मेडलका साथमा प्रमाणपत्र प्रदान गरिने शिवनगर युवा क्लबका अध्यक्ष सुदिप सापकोटाले जानकारि दिनुभयो ।

यहि जेठ २२ देखि सञ्चालन भएको पुरुष फुटबल प्रतियोगिता चितवन ,गोरखा र नवलपुरका गरी जम्मा १२ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक सागर परियारले जानकारी दिनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3