पोखरा महानगरले सदाबहार प्रजातिका सवा दुई लाख बिरुवा रोप्ने

taja samachar side 2

जेठ २२ ,पोखरा । पोखरा महानगरले रैथाने प्रजाति, स्थानीयको रोजाइ र सदाबहार प्रजातिका सवा दुई लाख बिरुवा रोप्ने भएको छ । पोखरालाई स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न ठुलो मात्रामा बिरुवा रोप्न लागिएको हो ।

वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिसहितको अध्ययन प्रतिवेदन सोमबार महानगरपालिकालाई बुझाइएको छ । प्रतिवेदन तयारी कार्यदलका संयोजक वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीले प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाउनुभएको हो । महानगरमा दुई लाख २६ हजार दुइ सय ६१ बिरुवा लगाइनेछ ।

Article Inline 2

प्रतिवेदनमा पोखराको सय किलोमिटर सडक तथा राजमार्ग, ६९ किमी नदी तथा खोला किनार र २९ सार्वजनिक स्थलका एक सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने उल्लेख छ । यी क्षेत्रमा वर, पीपल, समी पैयूँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की लगायतका फूल रोपिनेछ ।

गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धूपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत बिरुवासमेत खाली क्षेत्रमा लगाइनेछ ।

पोखराका खाली तथा खुला स्थानमा वृक्षारोपण गर्नुपर्ने भएकाले सम्भावित स्थानहरूको पहिचान गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । वृक्षारोपणले पोखरालाई स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न मेरुदण्डको काम गर्ने उहाँको अपेक्षा छ । प्रतिवेदनमा बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, मल्चिङ, अभिलेखीकरण, ट्रिगार्ड आदिबारे समेत उल्लेख गरिएको छ ।  सहरी वनलाई सबल बनाउन जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना, क्षतिपूर्ति लगायतका व्यवस्था गर्नसमेत प्रतिवेदनले सुझाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :