धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको छ – पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत

kala sahitya side 1

 जेठ १५, काठमाडौं। नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताउनुभएको छ।

मंगलबार संसद भवन परिसरमा बजेट प्रस्तुत गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो।  उहाँले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताउनुभयो। उहाँले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैर प्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुरा नरहेको बताउनुभयो। उहाँले आफ्ना समर्थकको ठाउँमा बजेट यथेष्ठ विजियोजन भएको बताउनुभयो। उहाँले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको बताउनुभयो।

Article Inline 2

सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोप लगाउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :