spot_img

Monday, October 14, 2024

सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न रहेको छ – डा.स्वर्णीम वाग्ले

 जेठ १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठिक रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

सरकारद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे प्रतिक्रिया दिदैँ उहाँले सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न रहेको छ भन्नुभयोे । उहाँले भन्नुभयो, “यसमा अर्थमन्त्रीलाई अलिकति शङ्काको लाभ दिन चाहन्छु । पाँच वटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको पनि सहयोग लिएर काम गर्न सकिएमा आर्थिक उन्नतिका लागि टेवा दिन्छ ।”

  • -advertisement-
  • -advertisement-

बजेटले प्रक्षेपण गरेजस्तो मात्रामा आन्तरिक ऋण उठाउनु नपर्ला भन्ने अनुमान सरकारले गरेको हुनसक्ने प्रतिक्रिया दिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.वाग्लेले सिँचाइ र कृषि क्षेत्रका लागि विनियोजित बजेटले यस क्षेत्रको विकासका लागि केही योगदान दिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । सरकारले आगामी वर्ष पर्यटक आगमन १६ लाख पुर्याउने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियादेखि विभिन्न पर्यटकीय पदमार्गहरुको विषय बजेटमा समेट्नु सकारात्मक रहेको उहाँको भनाइ छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले परम्पराको निरन्तरताको रुपमा एक थान बजेट आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “बजेटले निरासामा परेका जनतालाई आशा जगाउन सक्दैन । धेरैलाई चित्त बुझाउनका लागि अङ्क बढाएर ल्याइएको छ । नयाँ कार्यक्रम पनि छैन ।” रासस 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार