पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु /१४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने

taja samachar side 2

 जेठ १३,ललितपुर ।  पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत  १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।

“सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका  छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले   भन्नुभयो ।

Article Inline 2

यही जेठ  २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले  बताउनुभयो । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :