spot_img

Friday, May 16, 2025

तालिममा सिकेको सिपमार्फत अपराध नियन्त्रण र अनुसन्धान परिणाममुखी बनाउन सफल हुने विश्वास – प्रधानमन्त्री

जेठ १२ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको जिम्मेवारी नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गरेको बताउनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गौरवमय इतिहास बोकेको प्रहरी सङ्गठनबाट दीक्षित अधिकृतले तोकिएको जिम्मेवारी व्यावसायिक र कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तालिममा सिकेको सिपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा अवरोध चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन तपाईंहरू सफल हुने विश्वास लिएको छु ।”

उहाँले कर्तव्य पालनाको सिलसिलामा विचलित नभई पदीय दायित्व कुशलतापूर्वक निर्वाह गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । नागरिकप्रति उत्तरदायी, मानव अधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबिचको सम्बन्धलाई थप उचाइमा पु-याउन सम्भव हुने भन्दै उहाँले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न सक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रतिष्ठान संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार