spot_img

Thursday, May 15, 2025

आईपिलको प्लेअफको पहिलो क्वालिफायर खेल आज / कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दै

जेठ ,८ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफको पहिलो क्वालिफायर खेल आज हुँदैछ।

पहिलो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र दोश्रो स्थानको सनराइजर्स हैदराबादबीच राति पौने ८ बजे  अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

विजेता टोली फाईनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। फाईनल मे २६ मा हुनेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार