spot_img

Sunday, March 23, 2025

गृहमन्त्री रवि लामिछानेको सम्बोधन पछि प्रतिनिधि सभाको बैठक स्थगित / अर्को बैठक सोमबार बिहान  ११ बजे बस्ने

जेठ ६,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्नुभएपछि आइतबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले गृहमन्त्रीले सम्बोधन गर्नुभएपछि कार्यसूचीमा रहेका विषय सूचीबाट हटाएको सदनलाई जानकारी गराउदै बैठक स्थगित भएको घोषणा गर्नुभएको हो।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान  ११ बजे बस्नेछ ।

प्रतिनिधिसभोको बैठक आइतबार बिहान ११ बजे बस्नेगरी तय भएकोमा दलहरुबीच संसदीय छानबिन समितिको कार्यादेशमाथि सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । त्यो अवधिमा पनि दलहरुबीच सहमति नजुटेपछि दोस्रोपटक सारेर साढे ४ बजेका लागि निर्धारण गरिएको थियो । बैठक सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिनुभएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार