spot_img

Tuesday, January 21, 2025

आईसिसी टि–२० विश्वकप अघि नेपालले अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने

काठमाडौं । आईसिसी टि–२० विश्वकप अघि नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको छ।  आईसीसीले विहीवार राति  आधिकारिक वार्म–अप खेलको तालिका सार्वजनिक  हो ।

नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकाको सामना गर्नेछ । नेपालले सोही मैदानमा नेदरल्याण्ड्स विरुद्ध विश्वकपको आफ्नो  पहिलो खेल समेत खेल्दैछ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले अझै एउटा अभ्यास खेल खेल्न बाँकी छ । नेपालले विनवार्ड्स भोलक्यानोज विरुद्धका दुई अभ्यास खेल जितेको छ । १८ मेमा सेन्ट भिन्सेन्टमा अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ ।
सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपका दुई खेल खेल्दैछ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग–२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाली टोली २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार