ग्रीन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट विषयक २ दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

वैशाख २९, गैँडाकोट । ग्रीन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट विषयक २ दिने अन्तराष्ट्रिय सम्मेलन शनिवार नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको हो ।

बिश्ववजारमा आएका नयाँ नयाँ प्रविधीहरु, त्यसले बाताबरणमा पारिरहेको प्रभाव, यसबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीहरु तथा प्रकृति र मानवजातीलाई असर नपर्ने गरि प्रविधीको विकास गर्नुपर्नेमा सम्मेलनमा सहभागि विज्ञहरुले जोड दिएका छन् ।

Article Inline 2

दुईदिनको सम्मेलनमा नेपाल सहित भारत,नेदरल्याण्ड, इन्डोनेसीया, जर्मनीर र फिनल्याडका प्रोफेसर तथा विज्ञहरुले कम्प्युटर विज्ञान ,इन्जीनीयरिगं विज्ञान र ब्यवस्थापन विज्ञान गरि तीन क्षेत्रका ४० वटा कार्यपत्र प्रस्तुत गरेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो ।

सम्मेलनमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन एशोसीयट प्रोफेसर डाक्टर दयाराज ढकाल, सहप्राध्यापक डाक्टर रविन्द्र घिमिरे, प्रोफेसर डाक्टर अन्जय कुमार मिश्र, अमित शंकर लगायतले ट्यालेन्ट म्यानेजमेन्टका विषयमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनमा पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमान्डौ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका रिसर्चर र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरु गरि २०० जनाको सहभागिता रहेको थियो ।

पोखरा विश्वविद्यालयका उपकुलपती प्राध्यापक डाक्टर प्रेमनारायण अर्यालयको प्रमुख आतिथ्यता एवंम् पोखरा विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर दिपक बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा भएको सम्मेलनको अध्यक्षता अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :