गण्डकी प्रज्ञा-प्रतिष्ठानले सात जना स्रष्टालाई सम्मान गर्ने

kala sahitya top

वैशाख २८,गण्डकी । गण्डकी प्रज्ञा-प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सात जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।

उहाँहरूलाई जनही एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान गरिने गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रज्ञा-प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षा सम्मानित हुनु हुने भएको छ । उहाँलाई नगद ५० हजारका साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधामा स्याङ्जाका रबिन गुरुङ र कला विधामा मुस्ताङका छिरिङ फोन्जो गुरुङलाई सम्मान गरिने भएको छ । उहाँहरूलाई नगद २५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

Article Inline 2

सम्मानित व्यक्तित्व छनोटका लागि गण्डकी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादवचन्द्र भुर्तेल र मनकुमार श्रेष्ठ रहनुभएको समिति गठन गरिएको थियो । स्रष्टाहरूलाई वैशाख २९ गते शनिबार गण्डकी प्रज्ञा-प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमबिच सम्मान गरिनेछ ।

वार्षिकोत्सवका अवसरमा स्रष्टा स्मृति पार्कको उद्घाटन तथा प्रतिष्ठान स्थापनादेखि हालसम्मका गतिविधि समेटिएको श्रव्यदृश्य सामग्री प्रदर्शन गरिनका साथै विभिन्न झाँकीसहित सांस्कृतिक प्रस्तुति रहने सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो । साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०७८ साल वैशाख १५ गते प्रतिष्ठान स्थापना भएको थियो । रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :