गैँडाकोट नवलपुर ,बैशाख २३ । नेपाली काङ्ग्रेस नवलपुर जिल्ला सचिब तथा पुर्व पत्रकार होमराज रानाभाट शनिबार कटहरको रुख बाट लडेर गम्भीर घाइते भएका छन । गैंडाकोट ४ का स्थाई बासिन्दा रानाभाट घर नजिकै साथिको घरबारिमा रहेको कटहरको रुख बाट खस्न पुगेका थिए ।
घाइते रानाभाटको टाउकोमा गम्भीर चोट देखिएको छ ।चितवनमा रहेको मेडिकल कलेजमा टाउकोको सफल शल्यक्रिया भएपनि रानाभाटको अवस्था अहिले सम्म स्थिर रहेको चिकित्सकले जनाएका छन् ।

काङ्ग्रेस जिल्ला सचिब तथा पुर्व पत्रकार रानाभाट रुख बाट लडेर गम्भीर घाइते !






