इलाममा एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउदै ,पछ्याउदै काग्रेस

pradesh side 1

१७ वैशाख,इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्‍याएका छन् ।

सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३०५९ मतले अगाडि छन् ।

Article Inline 2

सुहाङले १० हजार ३ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ५९१ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४४३ मत पाएका छन् ।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :