वायु प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक रुपमा घरबाहिर हिडडुल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Article Inline top 1

 वैशाख १६,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रुपमा घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै वायु प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर हिडडुल नगर्न आग्रह गर्नुभएको हो।

Article Inline 2

तराईमा तातो हावा र लू लाग्ने उच्च सम्भावना भएकोले तातो हावा लाग्ने समयमा अनावश्यक बाहिर हिडडुल नगर्न आग्रह गर्नुका साथै झोलिलो पदार्थको पर्याप्त मात्रामा  सेवन गर्न डा. बुढाथोकीको अनुरोध छ।

साथै वायु प्रदूषणबाट टाढै रहने र घरबाहिर निस्कदा वायु प्रदूषणबाट जोगिन यात्रा गर्दा अनिवार्य मास्क लगाउन उहाँको आग्रह छ।

विश्वभर वायु प्रदूषण मापन गर्ने एक्युआई अनुसार काठमाडौंको वायु विश्वकै अस्वथकरको सूचीमा अग्रस्थानमा छ।

चिकित्सकका अनुसार वायु प्रदूषणले मुटु तथा रक्तनली,फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर पु र्या‍उनुका साथै दम क्यान्सर आदिको जोखिम बढाउँछ।

वायु प्रदूषणले कम तौल भएका बच्चा जन्मने, समय नपुग्दै  बच्चा जन्मने जोखिम बढ्ने चिकित्सक बताउँछन्।

मन्त्रालयका अनुसार वायु प्रदूषणले नेपालीको आयु चार दशमलव एक प्रतिशतले घटाउछ। पाँच वर्ष मुनिका बालबालिका, गर्भवती दीर्घरोगी, वृद्धवृद्धा यसको जोखिमममा पर्दछन्।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :