single head

बझाङको प्रदेश (क) मा सर्बदलीय बैठकपछि दिउँसो १ बजेबाट मत गणना गर्ने तयारी/ सेनाको हेलिकप्टरमार्फत मतपेटिका ल्याईयो

single post top 1

बैशाख १६, बझाङ । बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट आईतवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ओसारेको छ ।

single p1

शनिवार भएको निर्वाचनमा जिल्लाकोे प्रदेश (क) का साईपाल गाउँपालिका बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका शनिवार राति नै जिल्ला सदरमुकाम चैनपुर पुगाइएको छ ।

single p2

मुख्य निर्वाचन कार्यालयले आज बिहान ११ बजे सर्बदलीय बैठक राखेर आज दिउँसोबाट मतगणना गर्ने कार्यक्रमको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेको छ । आज बिहान ११ बजे सर्बदलीय बैठकपछि दिउँसो १ बजेबाट मत गणना गर्ने तयारी छ” ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाभरी ४९.११ प्रतिशत मत खसेको समेत मुख्य निर्वाचन कार्यालयले जनाएको छ । ६१ हजार ७७४ मतदाता रहेको बझाङ प्रदेश (क) मा ३० हजार २२८ मत खसेको छ । जसमा पुरुष १४ हजार ४२९ र महलिा १५ हजार ८९९ रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोरखापत्र

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3