single head

लायन्स क्लव अफ चितवन वाङ्ममयको अध्यक्ष पदमा सुजन अधिकारी चयन

single post top 1

बैशाख १५,गैंडाकोट । लायन्स क्लव अफ चितवन वाङ्ममयको वर्ष २०२४/२५ का लागि  लायन सुजन अधिकारीलाई अध्यक्ष पदमा चयन गर्दै ७ औं अधिवेशन  शुक्रबार मेघौलीको थारु ग्रामीण होमस्टेमा सम्पन्न भएको छ।

single p1

क्लबमा प्रथम उपाध्यक्ष लायन पुष्प अधिकारी अञ्जली, द्वितीय उपाध्यक्ष लायन राजेन्द्र पौडेल, सचिव लायन बिदुर अधिकारी ,कोषाध्यक्ष लायन हिरामणी शर्मा ,सह-सचीव लायन राजेन्द्र सिलवाल लगाएत सदस्यहरु समेतलाई सर्वसम्मत चयन भएका छन । अधिबेशन लाई सम्बोधन गर्दै निर्वाचित अध्यक्ष अधिकारीले समाजमा आई पर्ने विपत व्यवस्थापन, असहाय दीन दु:खीहरुलाई सहयाेगका साथै कला साहित्य र पत्रकारिता क्षेत्रलाइ समेत अङ्गाल्दै अझै प्रभावकारी ढङ्गबाट कार्यक्रमहरु अघि बढाउने बताए ।

single p2

लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपाल जोन ३६ का जोन चियर पर्सन लायन हरिप्रीया रिजाल प्रमुख अतिथी रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष रामहरी श्रेष्ठ, पुर्व अध्यक्ष सुर्यमणी रेग्मी, लगाएत डा: हेमनाथ घिमिरे, मुना रेग्मी, रोजिना लोहनी, इन्दिरा अधिकारी, बिनिता शर्मा, बेद प्रसाद महत्तो लगाएत अतिथी रहेको कार्यक्रम लाई क्लबका सचीव लायन राजेन्द्र पौडेलले गरेका थिए ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3