single head

कक्षा १२ को परीक्षाको सबै तयारी पूरा / चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुँदै

single post top 1

वैशाख १३,काठमाडौँ । शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका  सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।

single p1

यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उहाँको भनाइ छ ।

single p2

सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौंमा छन्। जहाँ  १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ्/मुस्ताङ्मा एक–एक परीक्षा केन्द्र रहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो । निश्चित विद्यालयको केन्द्र कुनै विद्यालयमा तोक्न वा नतोक्न सेटिङ हुने गरेको भन्दै आलोचना हुने गरेको थियो । देशभरबाट पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् । हरेक विद्यालयका विद्यार्थी संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरको आधारमा दुरी निकालिएको थियो ।

एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ । हिमाली क्षेत्रमा प्रति केन्द्रमा १५०, पहाडी जिल्लामा औषतमा दुई सय र काठमाडौं तथा तराईमा प्रति केन्द्रमा तीन जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गरिएको उहाँको भनाइ छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणमा समेत कुन विद्यालयको उत्तरपुस्तिका हो भन्ने पहिचान गर्न मुस्किल पर्ने उहाँले बताउनुभयो ।

प्रश्नपत्र भने यसवर्ष पनि गत वर्षजस्तै इमेलको माध्यमबाट पठाइएको छ। परीक्षामा खटिने केन्द्राध्यक्षको रोहमा परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अघि मात्र प्रश्नपत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको बोर्डका सदस्यसचिव अर्यालले बताउनुभयो । प्रश्नपत्रको गोपनियतामा ध्यान दिइएको उहाँको भनाइ छ।  परीक्षामा देशभर एक हजार ५२५ केन्द्राध्यक्ष, एक हजार ९०७ सहायक केन्द्राध्यक्ष, २७ हजार ३०५ निरीक्षक कर्मचारी एक हजार ९०७ गरी कुल ३४ हजार १७१ जना रहनेछन् । १८ हजार ३०० सुरक्षाकर्मी परीक्षाको लागि खटिने अर्यालको भनाइ छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3