नयाँ सरकारले प्रदेशको आर्थिक स्रोत वृद्धिका लागि आवश्यक कदम चाल्ने

pradesh side 1

वैशाख ९ ,कास्की । गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले आइतबार कार्यभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले शनिबार अर्थ मन्त्रालयको जिम्मेवारी तोकेपछि मन्त्री चुमानले आइतबारबाट जिम्मेवारी सम्हाल्नुभएको हो ।

उहाँले पहिलो निर्णयका रूपमा आउँदो आर्थिक वर्ष गण्डकी सरकारले लगानी सम्मेलन गर्ने निर्णय गर्नुभएको छ । गण्डकीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता चुमान चैत २५ गते विना विभागीय मन्त्री नियुक्त हुनुभएको थियो ।

Article Inline 2

मन्त्री चुमानले सम्मेलन गर्न मन्त्रालयका सचिव बलराम रिजालको संयोजकत्वमा सात सदस्यीय अध्ययन कार्यदलसमेत गठन गर्नुभएको छ । नयाँ सरकारले प्रदेशको नीतिगत समस्या समाधान गर्दै औद्योगिक पूर्वाधारको विकास, आर्थिक स्रोत वृद्धिका लागि आवश्यक कदम चाल्ने बताउनुभयो ।

उहाँले प्रदेशको बजेट खर्चसमेत सुधार्ने वाचा गर्नुभएको छ । “यो पटक बजेट कार्यान्वयनका लागि आवश्यक प्रयत्न गर्ने छौँ, खर्च गर्ने परिपाटीमा पनि सुधार गर्छौँ,” उहाँले भन्नुभयो ।उहाँले लगानी सम्मेलन आयोजना गर्नका लागि इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गरिने जानकारी दिनुभयो । परियोजनामार्फत सार्वजनिक–निजी साझेदारीमा सञ्चालन हुने योजनाहरूको अध्ययन गरिने प्रष्ट पार्नुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :