चैत ३०, काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।
ओमानको अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १४४ को लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १९.२ बलमा भेट्टाएको हो।
१४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे ।
आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्र ११ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।
मलेसियाका विरनदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । पवनदीपसिंह र मोहम्मद वाकिफले १(१ विकेट लिए ।
ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । आमि १६ रनमा दीपेन्द्रको बलमा कट एण्ड बोल्ड आउट भएका थिए ।
त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए ।
नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । आज समूह बीतर्फ ओमानले बहराइनलाई ३ रनले हराएको थियो । युएईले कुवेतलाई ७ विकेटले हराएको थियो । नेपालले शनिबार कतारसँग खेल्नेछ । १० टोली सहभागी प्रतियोगिता विजेताले एसिया कप खेल्न पाउनेछ ।