हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक छ – सञ्चारमन्त्री रेखा शर्मा

banner 4

चैत १५,दांङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य रहेको बताउनुभएको छ। 

जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

दाङ जिल्लामा भइरहेका विकास निमार्णका काम र आवश्यक बजेटका बारेका जिल्लाका स्थानीय तहदेखि विभिन्न सरकारी कार्यालयका प्रमुखसँग अन्तरक्रिया गर्दै उहाँले लक्ष्यमा पुग्न र विकास निर्माणदेखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताउनुभयो।

Article Inline 2

आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बन्धित निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्न उहाँको आग्रह थियो।

सरकार अब बजेट निर्माणको प्रक्रिया रहने बताउँदै उहाँले जिल्लामा विकास निमार्णका लागि आवश्यक योजना र बजेटको बारेमा थप जानकारी गराउन आग्रह गर्नुभएको थियो।

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका विकासका पूर्वाधारमा आफूले ध्यान दिइरहेको शर्माले बताउनुभयो।

कर्मचारीले पनि देश र जनताप्रति इमान्दार भएर सरकारका नीति तथा कार्यक्रमलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :