चैत १४ ,चितवन । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो ।
फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उचो पार्ने गरी काम गर्ने उल्लेख गर्नुभयो ।
संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै देश निर्माणको अभियानमा बढ्न थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
प्रमुख दाहालले राष्ट्रिय सभा अध्यक्षले संविधानको रक्षा, यसको सही कार्यन्वन र जनताको पक्ष राम्रोभन्दा राम्रो काम गर्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले हिजोका दिनमा स्थानीय तहमा देखिएको ऐन कानुन सम्बन्धी कठिनाईलाई पन्छयाउनलाई समान्वत्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
चितवन जिल्लालाई वैकल्पिक राजधानी बनाउन नसकिएपनि आर्थिक राजधानीको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।