आईपीएल : रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्सलाई ४ विकेटको हरायो

kala sahitya side 1

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको छ। टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि शिखर धवनले ४५, प्रभसिमरन सिंह २५, जितेश शर्मा २६, शशांक सिंहले नटआउट २१ रन जोडेका थिए। ६ विकेटको क्षतिमा १७६ रन बनाएको पञ्जाबलाई आरसीबीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै पराजित गरेको हो।

Article Inline 2

आरसीबीको जितका लागि कोहलीले ४९ बलमा ११ चौका र २ छक्काको मद्दतमा ७७ रन बनाए भने दिनेश कात्तिकले नटआउट २८ रन जोडे। आईपिएल अन्तर्गत मंगलबार चेन्नइ सुपर किंग्स र गुजराज टाइटनको खेल हुँदैछ। यो खेल मंगलबार साँझ ८ बजे सुरु हुनेछ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :