नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन चेत २६ र २७ मा हुने

taja samachar side 2
चैत ११ ,नवलपुर (सागर पोख्रेल) । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन आगामी चैत २६ र २७ गते कावासोतीमा अधिवेशन हुने भएको छ ।
अधिवेशनलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समिति समेत निर्माण गरिएको छ । यसै गरि प्रतिनिधि छनौटका लागि समेत विभिन्न मापदण्ड तय गरिएको छ ।
अधिवेशन सम्पन्न गर्न मुल आयोजक समितिको सचिवालयका लागी पाटी जिल्ला सचिवालय कमिटिलाई कायम गरीएको छ । जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको संयोजकत्वमा प्रतिवेदन लेखन समिति गठन गरीएको छ भने प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा जिल्ला उप–सचिव यमुनाथ आचार्य रहनु भएको छ ।
प्रचार प्रसारलाई व्यवस्थित बनाउन होमनाथ सुवेदी संयोजक र सागर पोख्रेल सह–संयोजक रहेको १५ सदस्य प्रचार प्रसार समिति गठन गरीएको छ । त्यस्तै जिल्ला उपाध्यक्ष मनविर थापाको संयोजकत्वमा आर्थिक समिति गठन गरीएको छ । स्वयम् सेवक समितिको संयोजक समितिको संयोजकमा जिल्ला उप–सचिब भीमलाल कण्डेल र सह–संयोजकमा मदन गिरी रहनुभएको छ ।
दिपकराज लम्सालललाई मंच व्यवस्थापनको संयोजकको जिम्मेवारी प्रदान गरीएको छ भने खाद्य तथा आवास व्यावस्थापनको संयोजक राम प्रसाद मरासीनी रहनुभएको छ ।
जनसास्कृतिक व्यवस्थापन समितिको संयोकको जिम्मेवारी रोशन थापालाई प्रदान गरीएको छ भने अतिथी सत्कार समिति संयोजकमा पार्वता अर्याल पाण्डे रहनु भएको छ । स्वास्थ्य सेवा समितिको संयोजकमा बाबुराम पाण्डे रहनुभएको छ ।
अधिवेशनमा तोकिएका क्षेत्रहरुबाट प्रतिनिधि हुन पार्टी सदस्य नभएको खण्डमा अन्य क्षेत्रबाट प्रतिनिधित्व गराउन नपाइने समेत निर्णय गरेको जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो ।
नवौं जिल्ला अधिवेशन सम्पन्न गर्न सबै पार्टी सदस्यहरुबाट कम्तिमा प्रति पार्टी सदस्यबाट न्युनतम सहयोग संकलन गर्ने र पालिका कमिटिीलाई समेत आर्थिक दायित्व तोकिएको छ ।
Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :