spot_img

Tuesday, March 25, 2025

एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा आफूले राजीनामा दिन नसक्ने – गृहमन्त्री रवि लामिछाने

चैत १०, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताउनुभएको छ।

सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो। बिरामी भएर ८/१० वटा औषधी दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने उहाँको जिकिर थियो।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उहाँलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न सबैलाई आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘हो कहिलेकाँही मानवीय समवेदनf र करुणाका कुरा छाउँछन्। कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आइरहेका छन्। ८/१० वटा औषधी सेवन गरिरहनुभएको छ। अत्यन्त धेरै बिरामी हुनुहुन्छ। सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरालाई इंगित गरेको छ। कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउनुभएको छ। राज्य निर्मम हुन्छ, कठोर पनि हुन्छ। तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ। त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनुपर्दैन। भनेको बेला, चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ। अदालतले समेत भनिसकेको छ कि उहाँको स्वास्थ्य अवस्था कमजोर छ।’’

उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै आफूले राजीनामा दिने बताउनुभयो। तर एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा आफूले राजीनामा दिन नसक्ने उपप्रधानमन्त्री लामिछानेको भनाइ छ। उहाँले नेपाली काँग्रेसले नैतिकताको कुरा आफूमाथि देखाए पनि तत्काल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पदमा नै बहाल रहेर अख्तियारमा बयान दिँदा पनि सरकारबाट फिर्ता नबोलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।

उपप्रधानमन्त्री लामिछानेले नेपाली काँग्रेसले आफ्नो कुरा सुन्ने धैर्यसमेत नराखेको भन्दै आक्रोश व्यक्त गर्नुभयो।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार