spot_img

Friday, April 25, 2025

कोटेश्वर मन्दिर शिवालय सेवा समिति गैंडाकोट ४को साधारणसभा सम्पन्न / कृष्णप्रसाद पराजुलीलाई अध्यक्ष भई काम काज गर्न अख्तियार प्रदान

चैत १०, गैडाकोट । कोटेश्वर मन्दिर शिवालय सेवा समिति गैंडाकोट ४ नवलपुरको अठारौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीलाई नै बाँकी अवधि (२ वर्षको) लागि अध्यक्ष भई काम काज गर्न अख्तियार प्रदान गरेको छ । नव नियुक्त अध्यक्ष पराजुलीले सबैको साथ र सल्लाहबाट मन्दिरको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले वडामा रहेका हरेक मठ मन्दिरहरुलाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा करिब बिस लाखको आय व्यय सहितको आगामी योजना सहितको प्रतिवेदन सचिव बामदेब घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णप्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।  त्यस्तै लेखा प्रतिवेदन लेखा संयोजक अमृत पण्डितले प्रस्तुत गर्नुभयो । कार्यक्रममा स्वागत मन्तब्य सह सचिव राधा भुसाल भण्डारीले गर्नु भएको थियोे ।

कार्यक्रममा डाक्टर नारायण दत्त गौतम , ज्योतिष विष्णुप्रसाद सिग्देल , समाजसेवी कमला तिवारी , पुर्व अध्यक्ष तथा सल्लाहकार नारायण पण्डित , सल्लाहकार हरु टोलनाथ घिमिरे ,ईश्वरी नाथ रिमालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि हरु, सल्लाहकार हरु मन्दिरका र संस्था का अध्यक्ष हरु, व्यास गुरुहरु, महिला समूह हरु, जनप्रतिनिधि हरु, आजिवन सदस्य हरु, चन्दा दाता हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डाक्टर नारायण दत्त गौतम , ज्योतिष विष्णुप्रसाद सिग्देल , समाजसेवी कमला तिवारी , पुर्व अध्यक्ष तथा सल्लाहकार नारायण पण्डित , सल्लाहकार हरु टोलनाथ घिमिरे ,ईश्वरी नाथ रिमालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न व्यक्ति हरुलाइ प्रमाणपत्र र शिव नामि वस्त्र वाट सम्मान गरिएको थियोे ,कार्यक्रम को सहजिकरण सचिव बामदेव घिमिरे र सहसचिव राधाभुसाल भण्डारीले गर्नु भएको थियोे

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार