व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास हुनुपर्छ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

khelkud top

 चैत १०,काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताउनुभएको छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुने धारणा राख्नुभएको हो। उनले पछिल्ला ३० वर्षयता खेलाडी केन्द्रित काम हुन नसकेको उल्लेख गर्दै व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास हुनुपर्ने बताएका छन्। मन्त्री श्रेष्ठले खेल नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको सार्वजनिक गरे।

Article Inline 2

अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप काम गर्नसके ओलम्पिकको कमिटीको जिम्मेवारी धेरै रहेको मन्त्री श्रेष्ठको भनाइ छ। ओलम्पिक कमिटीले खेलमार्फत कूटनीति विकासमा काम गर्नुपर्ने औँल्याउँदै मन्त्री श्रेष्ठले नेपालको खेलजगत, खेलाडी र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्नुपर्ने धारणा राख्नुभयो। साथै उहाँले नेपालको प्रचलित कानुनलाई पनि सम्मान गर्नुपर्ने बताउनु भयो। मन्त्री श्रेष्ठले खेलकुदमार्फत युवाको नैराशयता कम गर्न काम गर्नुपर्ने धारणा राख्नुभयो।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठले बधाई तथा स्वागत ग्रहण गर्ने काम गर्दै लैजानुपर्ने आग्रह गर्दै अस्थिरताका कारण खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन सफल नभएको स्वीकार गर्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :