spot_img

Monday, March 24, 2025

कोईरालाको स्मृति दिवसमा चितवनमा बिबिध कार्यक्रम

चैत्र ७, भरतपुर । नेपाल टेड्र युनियन काँग्रेस चितवनले आफ्ना संस्थापकको सम्झनामा बुधबार बृद्धबृद्धा तथा बाल बालिकालाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । नेपाल टेड्र युनियन काँग्रेस चितवनले आफ्ना सस्थापक नेता गीरिजाप्रसाद कोईरालाको १४ औं स्मृति दिवसको अवसरमा चितवन मानव सेवा आश्रमा भरतपपुर ९, शरदपुरमा आश्रित बृद्धबृद्धा तथा बाल बालिका लाई खाना खुवाएको हो ।

खाना खुवाउने कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, उपसभापति राजिब न्यौपाने, नेपाल टेड्र युनियन काँग्रेसका केन्द्रिय सदस्यहरु धनश्याम चापागाई र सीता शर्मा ढकाल, बिभिन्न आवद्ध संघका अध्यक्ष एंव पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

१४ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस चितवनको आह्वानमा सबै वडाहरुमा स्मृति सभा सम्पन्न भएको छ । सभापति राजेश्वर खनालका अनुसार स्मृति दिवसकै अवसर पारेर समुदायमा काँग्रेस अभियान अन्र्तगत नेपाली काँग्रेस चितवनको स्वास्थ्य समन्वय बिभागले श्री माध्यमिक बिद्यालय कालिका नगरपालिका ६, खोलेसिमलमा चैत्र ९ र १० गते बृहत्त स्वास्थ्य परिक्षण शिबिर सम्पन्न हुदैछ । त्यसै गरी बिभिन्न भातृ तथा शुभेच्छुक संघ सस्थाहरुले पनि बिभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाएका छन् ।
राष्ट्रिय राजनितीमा बिशिष्ट पहिचान बनाउनुभएका कोईरालले चितवनको बिकासका लागि रणनैतिक कार्यहरु गर्नुभएकोे पाईन्छ । पुर्बी चितवनमा राप्ती ड्याम निमार्ण, राप्ती पारीको बस्तीलाई पद्मपुरमा स्थानान्तरण, भरतपुर र माडी जोड्ने राप्ती नदिको पुल निमार्ण, भरतपुरमा बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल निमार्ण, चितवनमा मेडिकलको स्थापनामा वहाँको बिशेष पहल थियो ।

बिशिष्ट निर्णय क्षमता राख्ने कोईरालाको पहलमा तात्कालिन बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा आएका हुन । पार्टी सरकारमा हुँदा होस् या बाहिर हुँदा होस् सधैं राजनीतिको केन्द्रमै रहने कोईराला प्रधानमन्त्रि भएकै समयबाट देशमा आर्थिक उदारिकरणको शुरुवात भएको हो ।

कोईराला बि.स. २०४८, २०५५, २०५७ र २०६३ मा गरी ४ पटक प्रधानमन्त्रि बन्नुभएको थियो । त्यसैगरी कोईराला नेपाली काँग्रेसको नवौं महाधिवेशन २०५३, दशौं महाधिवेशन २०५७ र एधारौं महाधिवेशन २०६२ मा ३ पटक पाटी सभापतिमा निर्वाचित हुनुभएको थियो ।

करिब ६ वर्ष जेल जीवन विताउनुभएका निडर र निर्भीक नेताको परिचय बनाउनुभएका कोइरालाले २०६६ साल चैत ७ गते निधन भएको हो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार