single head

अनलाइन प्रणाली मार्फत गैँडाकोट नगरपालिकामा नागरिकता सिफारीस हुने

single post top 1

चैत ०३ ,नवलपुर । गैँडाकोट नगरपालिकामा अनलाइन प्रणाली मार्फत नागरिकता सिफारीस गर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकता वितरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यले प्रारम्भिक चरणमा नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकामा अन्तर्गतका १८ वटै वडा कार्यालयहरुमा यहिँ चैत्र १५ गतेदेखि लागू गर्ने र अन्य स्थानीय तहहरुको अनुरोध तथा पूर्व तयारीका आधारमा क्रमशः लागू गर्ने निर्णय गरेको हो ।

single p1

स्थानीय तहहरुबाट केन्द्रिय नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटर्नल मोडलको प्रयोग गरी अनलाइन प्रणाली मार्फत स्थानीय तह ÷वडा कार्यालयहरुले सम्बन्धित जिल्ला प्रशासन, ईलाका प्रशासन र सिमा प्रशासन कार्यालयलाई नयाँ नेपाली नागरिकता प्रमाणपत्र जारी गर्न सिफारिस गर्ने व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

single p2

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3