spot_img

Thursday, February 13, 2025

दशरथ रंगशालामा खेलकुद बाहेकको कार्यक्रम नगराउन राष्ट्रिय खेलकुद परिषदलाई मन्त्रालयको निर्देशन

चैत्र ३ ,काठमाडौं । नेपाल युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालाको कमजोर मैदानको स्थितीलाई मध्यनजर गर्दै खेलकुद बाहेकको कार्यक्रम दशरथ रंगशालामा नगराउन राष्ट्रिय खेलकुद परिषद(राखेप)लाई निर्देशन दिएको छ ।

नेपालले फिफा विश्वकप छनोट अन्तर्गतको खेल घरेलु मैदानमा मैदानको खराब स्थितीको कारण खेल्न नपाउने कुरालाई जोड्दै मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेको हो ।

  • -advertisement-

दशरथ रंगशाला हाल जुनसुकै निजी प्रायोजनका लागि पनि प्रयोग हुन थालेपछि खेलकुद मन्त्रालयले राखेपलाई जिम्मेवारीप्रति ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी गरेको हो ।

मन्त्रालयले शुक्रबार मन्त्रालयको अफिसियल फेसबुक पेजबाट दशरथ रंगशालाको मर्मतका लागि राखेपको ध्यानानकर्षण गराएको हो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार