कुनैपनि अभियोग पुष्टि नभई काँग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन – अर्थमन्त्री वर्षमान पुन

krishi top

चैत २, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री पुनले कुनैपनि अभियोग पुष्टि नभई नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क गर्नुभयो।

Article Inline 2

शुक्रवार गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै नेपाली काँग्रेसले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध पारेको थियो। संसद भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भएपनि त्यसैलाई लिएर नेपाली काँग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताउनुभयो। उहाँले संयमताका साथ सदन बैठक सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो।

मन्त्री पुनले भन्नुभयो, ‘गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन। किनभने कुनै उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिस गरेको वा यस्तै खालको विषय होइन। राजनीतिक रुपले अलिकति सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि आक्रमण भएको छ। जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक नै भुमिका गर्नुपर्छ भन्ने मेरो अनुरोध छ।’ मन्त्री पुनले काँग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको भूमिकामा उभ्याउनुपर्ने समेत बताउनुभयो।  गोरखापत्र

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :