श्रीहरिहरमन्दिरको ३४औं साधारण सभा, अधिवेशन तथा वार्षिकोत्सव सम्पन्न / डिलाराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

under rastriya

चैत्र १ ,गैँडाकोट । श्रीहरिहरमन्दिर, परमानन्द सन्न्यास आश्रम गैंडाकोट ७, परमानन्दमुक्तिधाम, नवलपुरको १०औं अधिवेशन बाट डिलाराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा जमुनादेवी कँडेल, सचिवमा सविन सापकोटा, कोषाध्यक्षमा उमनाथ शर्मा, सह सचिवमा भानु सापकोटा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक नारायण पौडेलले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा शालिकराम सापकोटा, चन्द्रकान्त आचार्य, केशवती भुषाल र जमुना भण्डारी रहनुभएको छ ।

Article Inline 2

निर्वाचन समिति संयोजक नारायण पौडेल रहेको कार्यक्रममा इश्वरीप्रसाद चापागाईं र हरिकला सापकोटा निर्वाचन समिति सदस्य रहनु भएको थियो ।  नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ ।

यसअघि बिहीबार मन्दिरको ३४औं साधारण सभा, १०औं अधिवेशन तथा ४०औं वार्षिकोत्सवको अवसरमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरका सचिव सविन सापकोटाले आगामी दिनमा मन्दिर तथा मन्दिर परिसरको पर्खाल रङ्गरोगन गर्ने, पाकशाला भवनको बाँकी निर्माण कार्य पुरा गर्ने, स्मारिक प्रकाशन, नयाँ होमकुण्ड निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

मन्दिरका कोषाध्यक्ष उमानाथ शर्माले गतवर्षको १२ लाख ३४ हजार २ सय ८१ रुपैयाँ बराबरको आय व्यय विवरण पेश गर्नुभएको थियो भने चालु आर्थिक वर्षमा समेत १२ लाख १३ हजार ६ सय ९० रुपैयाँको आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

श्रीहरिहर मन्दिर, परमानन्द–सन्न्यास–आश्रमका अध्यक्ष जीवनाथ कंडेलले आगामी दिनमा यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले ४० फिट चौडाई ६० फिट लम्बाईको सतसङ्ग हल निर्माण गरिने पनि जानकारी दिनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री परमानन्द संस्कृत गुरुकूल विद्यापिठम् देवघाटधामका प्राचार्य ब्रह्मचारी सुभावचैतन्यले सनातन धर्मको संरक्षणमा धार्मिक संघसंस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अब आउने पुस्तालाई यसको महत्त्व बुझाउन आवश्यक रहेको बताउनुभयो ।

गैँडाकोट ७ का वडा अध्यक्ष एवं मन्दिरका पूर्व अध्यक्ष होमनाथ सापकोटाले धर्म संस्कृतिको संरक्षणमा यस मन्दिरले ठूलो भूमिका निभाएको बताउँदै मन्दिरलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा डा. स्वामी विमलानन्द सरस्वती, कार्यपालिका सदस्य इश्वरी जिसी, पूर्व वडा अध्यक्ष चोलानाथ उपाध्याय, पूर्व अध्यक्षहरु लोकनाथ सापकोटा, प्रेमप्रसाद सापकोटा, गुरुप्रसाद कँडेल, खिमानन्द कँडेल, लक्ष्मण त्रिपाठी, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, हनुमान मन्दिरका अध्यक्ष टीकाराम सापकोटा, नारायणी माविका अध्यक्ष इश्वरीप्रसाद चापागाईं, महिला विकास केन्द्रका अध्यक्ष सरस्वती घिमिरे लगायत जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, धार्मिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।

नारायण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै ब्रह्मलीन स्वामी परमानन्दसरस्वतीज्यूको स्मृतिमा गुरुभण्डारा कार्यक्रम समेत गरिएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :