फागुन २५ ,गैडाकोट । महादेव मन्दिर सेवा समितीको शिव महिमा सङ्गितमय भजन प्रतियोगितामा मौलाकालिका धार्मिक सेवा समिती प्रथम भएको छ । महाशिबरात्रिको अवसरमा शुक्रवार गैंडाकोटमा रहेको श्री महादेव मन्दिर सेवा समितीले शिव महिमा सङ्गितमय भजन प्रतियोगिता मन्दिर परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले पानसमा दिप प्रज्वलनगर्दै उदघाटन गरेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले स्त्री र पुरुषको शक्ति सन्तुलन पनि भगवान शिवबाट सिक्न सकिने उनले बताउदै शिव भगवानको सकारात्मक पक्षअगाल्नु पर्नेमा जोड दिए ।
कुल आठ भजन समूह सहभागी भएको प्रतियोगितामा मौलाकालिका धार्मिक सेवा समिती गैंडाकोट १ ले प्रथम स्थान प्राप्त गर्न सफल भयो । कालिका मा.बि कालिका आश्रम गैंडाकोट ८ दोस्रो, लक्ष्मी नारायण भजन कृतन समूह गैंडाकोट ८ तेस्रो र सिताराम मन्दिर गैंडाकोट ६ ले सान्त्वना स्थान प्राप्त गरेको प्रतियोगितामा पहिलो, दोस्रो,तेस्रो र सान्त्वनाले क्रमशः पन्ध्र हजार, दस हजार, पाँच हजार र एक हजार पाँच सय रुपैयाँको पुरस्कार प्राप्त गरेका थिए । श्री महादेव मन्दिर सेवा समिती अध्यक्ष हिमलाल सापकोटा को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष शुवास चापागाईं, ऋषिराम अधिकारी, किसान गुरुङ लगाएत अतिथी रहेको कार्यक्रमलाई डिल्ली अम्बैले सहजीकरण गरेका थिए ।






