छैटौं गैडाकोट उप प्रमुख कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनक नमुना माविको पोल्टामा

khelkud top

गैँडाकोट । छैटौं गैडाकोट उप प्रमुख कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनक नमुना माध्यमिक विद्यालयले जितेको छ । गैडाकोटमा बिहिबार भएको खेलमा नारायणी  आभारभुत विद्यालयलाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गरेको हो ।

Article Inline 2

यसअघि विजय सामुदायिक शिक्षा सदनलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै जनक फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै रत्नराज्य माध्यमिक विद्यालयलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नारायणी आधारभूत फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा प्रथम पुरस्कार ४२ हजार, दोस्रो पुरस्कार ३२ हजार र प्रोत्साहन वापत सेमिफाइनलका दुइ समूहलाई १७/१७ हजार प्रदान गरिएको छ । गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, उप प्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले विजयी टिम तथा खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यसपटक १६ वर्षमुनिका छात्राहरुको प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

त्यस्तै बेष्ट प्लेयर जनककी मनिषा सुवेदी, उच्च गोलकर्ता नारायणी आधारभूतकी डोलीमाया थापा, उत्कृष्ट गोलकिपर जनककी कोपिला सारु मगरलाई नगद सहित जुत्ता पुरस्कार प्रदान गरिएको गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :