इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले गर्यो खेलकुद सप्ताहका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण

arthik top

फागुन २४ ,भरतपुर। चितवनको भरतपुर–१० बाल मन्दिर रोडमा रहेको इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले आयोजना गरेको खेलकुद सप्ताहका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । मिलिनियम मोडल कलेज एवं इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई बिहीबार पुरस्कार वितरण गरिएको हो ।

विद्यालयले गत माघ २५ देखि माघ २९ सम्म आयोजना गरेको खेलकुद सप्ताहमा आयोजना गरिएको फुटबल, क्रिकेट, टेबलटेनिस, भलिबललगायतका खेलकुद तथा सांस्कृतिक कार्यक्रम एवं अन्य प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीका अनुसार विद्यार्थीहरुलाई छात्र र छात्रा दुवैतर्फका विजयी विद्यार्थीलाई नगद, ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।

Article Inline 2

विद्यालयमा भएका अतिरिक्त क्रियाकलापबाहेक बालकुमारी कलेज नारायणगढले आयोजना गरेको अन्तर कलेज कुलिनरी आर्ट प्रतियोगिता र फोर्ब्स कलेजले आयोजना गरेको अन्तर कलेज कुलिनरी आर्ट प्रतियोगितामा प्रथम स्थान हासिल गरेका विद्यार्थी, नारायणी पब्लिक कलेजले आयोजना गरेको रोबोट रेसमा सेकेण्ड रनरअप भएका विद्यार्थीहरुलाई नगद तथा पुरस्कार प्रदान गरिएको सुवेदीले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य सुवेदी, मिलिनियम मोडल कलेजका क्याम्पस प्रमुख ईश्वरराज पण्डित तथा पुरस्कार सौजन्य गरेको टिम कन्सल्टेन्सीका प्रतिनिधिहरुलाई विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कार सौजन्य गर्ने टिम कन्सल्टेन्सीका सिनियर काउन्सिलर आशिष तिमिल्सिना, प्रतिनिधि बालकृष्ण मल्लले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका शिक्षक मुक्तिनाथ अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीले गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :