spot_img

Thursday, March 20, 2025

नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने द्वारा देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन कर्मचारीलाई निर्देशन

फागुन २३ काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ।”

  • -advertisement-

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिनुभयो । “नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला” उहाँले भन्नुभयो ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि गृह मन्त्रालय पुग्नुभएका उहाँलाई गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु आर्याल लगायत उच्च  अधिकारीले स्वागत गर्नुभयो । रासस

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार