फागुन १९, दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता कार्यान्वयनको सवालमा सबै परिवर्तनगामी शक्ति मिल्नुको बिकल्प नभएको बताउनुभएको छ । शनिबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संघीयता विश्वकै नमुना भएको भन्दै यस्को विरोधभन्दा पूर्ण कार्यान्वयनको आवश्यक रहेको बताउनुभयो ।
सरकारले महत्वपूर्ण काम गरेको सभामा स्मरण गराउँदै प्रधानमन्त्रीले दाहालले प्रदेशसभालाई लुम्बिनीको महत्वसँग जोडेर लुम्बिनीको ब्रान्डिङ गर्दै पर्यटन भित्र्याउने गरी प्रदेशसभाले नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश क्रान्तिको थलो रहेको सम्मरण गराउँदै प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशसभाको गाम्भीर्यतालाई महत्वका साथ लिएर जनमुखी काममा लाग्न आवश्यक रहेको औल्याउनुभयो । प्रधानमन्त्रीले प्रदेशसभाको सम्बोधनको धेरै समय संघीयताको कार्यान्वयन सवालमा प्रस्तुत हुनुभएको थियो ।






