spot_img

Monday, March 24, 2025

नामिविया माथी नेपालको ३ रनको रोमाञ्चक जित

फागुन १८,काठमाडौं । त्रिदेशीय टि २० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नामिविया माथी ३ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसंगै नेपालको उपाधी होड कायमै रहेको छ । शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एकसय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।

नामिवियाका लागि अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । अन्तिम ओभरमा करण केसीको उत्कृष्ट बलिङको कारण नेपाल ३ रनले बिजयि भएको  हो ।

चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिग चरणमा तीनवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । जारी शृंखलामा नेपालले आफ्नो अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबिच खेल हुनेछ ।
प्रतियोगिताको फाइनल खेल भने मंगलबार खेलिने छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार