गैडाकोट ५ मा प्रस्तावित आधारभूत अस्पतालको शिलान्यास

banner 2

फागुन १४, गैंडाकोट। गैंडाकोट नगरपालिकाले साबिक वडा नम्बर १ देखि ९ सम्मका जनतालाई मध्यनजर गर्दै नगरपालिका परिसर वडा नम्बर ५ मा प्रस्तावित आधारभूत अस्पताल भवनको शिलान्यास गरेको छ ।

नगरप्रमुख मदनभक्त अधिकारीले सोमबार प्रस्तावित आधारभूत अस्पतालको शिलान्यास गर्दै  नागरिकको स्वास्थ्य प्रति नगर गम्भीर रहेको बताए । साबिक वडा १ देखि ९ सम्मका नागरिकहरूलाई पायक पर्ने स्थान भएकाले प्रस्तावित अस्पताल निर्माणको थालनी गरिएको अधिकारीले बताए । अस्पताल भवन समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग उनले आग्रह गर्दै प्रस्तावित अस्पताल भवन निर्माण पश्चात् यसको पूर्वाधारका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Article Inline 2

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले भवन निर्माणका लागि विभिन्न निर्माण कम्पनिहरु सङ्ग बोलपत्र माग गरिएकोमा भरतपुरको ड्रीम लाइन कन्स्ट्रक्सन प्रालिले कूल ८५ लाख ७२ हजार ६८५ रुपैया ७९ पैसामा निर्माण सम्झौता भएको अस्पताल भवन २०८१ जेठ १५ गते सम्म सम्पन्न हुने जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला, अस्पताल व्यवस्थापन समिति अध्यक्ष रत्नप्रसाद सापकोटा, सम्पूर्ण वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा अधिकृतलगायत कर्मचारी, स्थानीय र निर्माण कम्पनीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :