फागुन ११,गैँडाकोट । गैँडाकोट नगरपालिकामा यही फागुन १३ गतेबाट २२ गतेसम्म दादुरा– रुबेला खोप अभियान सुरु हुदैछ ।
अभियान सुरु हुनु भन्दा अगाडी गैँडाकोट नगरपालिकाले पालिका स्तरीय खोप समन्वय समितिले अभिमुखिकरण कार्यक्रम गरेको छ । स्थानीय स्रोतको उपभोग, स्वामित्व, सहभागिता पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता भन्ने नारा सहित दादुरा रुबेला खोप अभियान २०८०/०८१ सुरु हुन लागेको हो ।
गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले गैँडाकोट नगरपालिका भित्रका ९ महिनादेखी १५ बर्षसम्मका २२ हजार बढी बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । यसको बिषयमा सबैलाई जानकारी होस भन्ने उद्देश्यले कार्यपालिका सदस्यलाई अभिमुखिकरण गरिएको पौडेलले बताउनुभयो ।
कमेन्ट :