गण्डकी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्तगत तेक्वान्दो प्रतियोगिता नवलपुरको गैँडाकोटमा सुरु

फागुन ११, गैँडाकोट । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० तेक्वान्दो प्रतियोगिता आजबाट नवलपुरमा सुरु भएको छ । शुक्रबार र शनिबार हुने खेलमा ८ जिल्लाका ११२ जना खेलाडीको सहभागिता रहेको छ । नवलपुर जिल्लाबाट १६ जना खेलाडीको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले खेलाडीको सेवा सुविधा व्यवस्थापनमा कुनै कमजोरी नगर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि नगरपालिका तत्पर रहेको बताउनुभयो । गैँडाकोट नगर खेलकुद समितिका उपाध्यक्ष लक्ष्मण कार्की,  प्रदेश स्तरीय राष्ट्रपति  रनिङ शिल्ड आयोजक समितिका संयोजक, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर भट्राई, प्रदेश समिति सदस्य हरिराम सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Article Inline 2

तेक्वान्दो संघ गण्डकी प्रदेशका उपाध्यक्ष कमल पराजुलीले विभिन्न जिल्लाका खेलाडीहरूलाई स्वागत गर्दै आत्मरक्षा र अनुशासन सिकाउने तेक्वान्दो खेलको विकासमा सबै एक हुन आग्रह गर्नुभयो । कार्यक्रम नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

श्रीराम पार्टीप्यालेस गैँडाकोट २ मा आज र भोली खेल हुने तेक्वान्दो संघ नवलपुरका अध्यक्ष राजु भूषालले जानकारी दिनुभयो । शुक्रबार समुद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार हिमालदेव पंगेनीले गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :